हाइड्रोजन ग्याँस
हाइड्रोजन ग्याँसलाई रासायनिक रूपमा H₂ ले जनाइन्छ । यो ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने रासायनिक तत्त्व हो तथा सबैभन्दा हलुका ग्याँस पनि हो। हाइड्रोजनको परमाणबिक संख्या १ हो। मुख्य विशेषताहरू
- हाइड्रोजन रङ्गहीन, गन्धहीन र स्वादहीन ग्याँस हो।
- यो हावाभन्दा धेरै हलुका हुन्छ।
- पानीमा निकै कम घुल्छ।
- हाइड्रोजन आफैँ जल्दैन, तर यसले आगो बल्न सहयोग गर्छ।
सिद्दान्त
प्रयोगशालामा जस्ता (Zinc) धातुमा फिक्का हाइड्रोक्लोरीक अम्ल बिच रासायनिक प्रतिक्रिया गराउँदा हाइड्रोजन ग्याँस बन्छ ।
यसरी बनेको हाइड्रोजन ग्याँस जारमा पानीलाई तल तिर विस्थापन विधिबाट द्वारा सङ्कलन गर्न सकिन्छ।
विधि
- एउटा उल्फ बोतलमा सफा जस्ताका साना टुक्रा राख्नुहोस्।
- उल्फ बोतललाई रबरको कर्कले बन्द गरी कर्कमा थिसल फनेल र डेलिभरी ट्युब जडान गर्नुहोस्।
- डेलिभरी ट्युबको अर्को छेउलाई पानीले भरिएको ग्याँस जारभित्र, पानीमुनि उल्टो पारेर राख्नुहोस्।
- थिसल फनेलबाट बिस्तारै फिक्का हाइड्रोक्लोरीक अम्ल जस्तामाथि हाल्नुहोस्।
- जस्ता र अम्लबीच प्रतिक्रिया हुँदा हाइड्रोजन ग्यास निस्कन्छ।
- बनेको हाइड्रोजन डेलिभरी ट्युब हुँदै पानीको ग्यासजारमा पुग्छ र पानीलाई तल तिर विस्थापित गरी सङ्कलन हुन्छ।
- सुरुमा निस्केको केही ग्यास बाहिर जान दिनुहोस्, किनकि त्यसमा फ्लास्कभित्रको हावा मिसिएको हुन सक्छ। त्यसपछि मात्र शुद्ध हाइड्रोजन सङ्कलन गर्नुहोस्।
- ग्यासजार भरिएपछि त्यसलाई पानीमुनि नै काँचको प्लेटले छोपेर बाहिर निकाल्नुहोस्।
हाइड्रोजन ग्याँसको परीक्षण
ग्यासजारको मुखमा बलिरहेको सलाइको काँटी लैजाँदा ‘पप’ आवाज सुनिएमा हाइड्रोजन भएको पुष्टि हुन्छ ।
सावधानी
- अम्ल बिस्तारै र सावधानीपूर्वक हाल्नुपर्छ ।
- सुरुमा निस्केको ग्याँसलाई आगो नजिक लैजानु हुँदैन ।
- हाइड्रोजन ज्वलनशील भएकाले प्रयोगशालामा शिक्षकको निगरानीमा मात्र प्रयोग गर्नुपर्छ ।
भौतिक गुणहरू
- हाइड्रोजन रङ्गहीन, गन्धहीन र स्वादहीन ग्याँस हो।
- यो सबैभन्दा हलुका ग्याँस हो र हावाभन्दा धेरै हलुका हुन्छ।
- यो पानीमा निकै कम घुल्छ।
- यसको घनत्व हावाको भन्दा कम हुन्छ।
- यो ग्याँस सामान्य अवस्थामा diatomic अणुका रूपमा पाइन्छ।
रासायनिक गुणहरू
- हाइड्रोजन ज्वलनशील ग्याँस हो। यो अक्सिजनमा जल्दा पानी बन्छ। $$ 2H_2 + O_2 \rightarrow 2H_2O $$
- शुद्ध हाइड्रोजन शान्त रूपमा फिक्का नीलो ज्वालासहित जल्छ।
- हाइड्रोजन र हावाको मिश्रण विस्फोटक हुन्छ।
- हाइड्रोजनले धातुका अक्साइडहरूलाई धातुमा अपचयन गर्न सक्छ। $$ CuO + H_2 \rightarrow Cu + H_2O $$
- नाइट्रोजनसँग प्रतिक्रिया गरी अमोनिया बनाउँछ। $$ N_2 + 3H_2 \rightarrow 2NH_3 $$
- वनस्पति तेलमा हाइड्रोजन थप्दा घिउ बन्छ। यस प्रक्रियालाई हाइड्रोजनेसन भनिन्छ।
उपयोगिताहरू
- रकेटको इन्धनका रूपमा
- अमोनिया बनाउन
- वनस्पति तेललाई घिउमा परिवर्तन गर्न
- स्वच्छ इन्धनका रूपमा
- मौसमसम्बन्धी बेलुन भर्न
- पेट्रोलियम पदार्थको प्रशोधनमा
- इन्धन सेलमा विद्युत् उत्पादन गर्न
अभ्यासका प्रश्नहरू
अति छोटो उत्तर आउने प्रश्नहरू
- हाइड्रोजनको रासायनिक सूत्र लेख्नुहोस्।
- हाइड्रोजनको एउटा भौतिक गुण लेख्नुहोस्।
- हाइड्रोजन ग्याँसको परीक्षण कसरी गरिन्छ?
- हाइड्रोजन ग्याँस पानीमाथि किन सङ्कलन गर्न सकिन्छ?
- हाइड्रोजनको एउटा उपयोग लेख्नुहोस्।
छोटो उत्तर आउने प्रश्नहरू
- हाइड्रोजनका कुनै चारवटा भौतिक गुणहरू लेख्नुहोस्।
- हाइड्रोजनका कुनै तीनवटा रासायनिक गुणहरू लेख्नुहोस्।
- हाइड्रोजन ग्याँसको परीक्षण वर्णन गर्नुहोस्।
- हाइड्रोजनलाई रकेटको इन्धनका रूपमा किन प्रयोग गरिन्छ?
- हाइड्रोजन ग्याँसको प्रयोग गरी अमोनिया बन्ने रासायनिक समीकरण लेख्नुहोस्।
लामो उत्तर आउने प्रश्नहरू
- हाइड्रोजनका भौतिक र रासायनिक गुणहरू वर्णन गर्नुहोस्।
- हाइड्रोजनका कुनै पाँचवटा उपयोगहरू लेख्नुहोस्।
- हाइड्रोजन अक्सिजनमा जल्दा पानी बन्ने प्रतिक्रियालाई समीकरणसहित व्याख्या गर्नुहोस्।
- हाइड्रोजन ग्याँसको परीक्षण र प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू लेख्नुहोस्।
समीकरण लेख्नुहोस्
- हाइड्रोजन अक्सिजनमा जल्दा हुने प्रतिक्रिया
- नाइट्रोजन र हाइड्रोजनबाट अमोनिया बन्ने प्रतिक्रिया
- तामाको अक्साइड र हाइड्रोजनबीच हुने प्रतिक्रिया
Join the Conversation
0 Comments
Log in to join the discussion
No comments yet
Be the first to share your thoughts!